गच्छदार भन्छन: मुद्दा मलाई, निशानामा पार्टी र मधेश - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

गच्छदार भन्छन: मुद्दा मलाई, निशानामा पार्टी र मधेश



काठमाडौं : ललितानिवास प्रकरणमा मुछिएका कांग्रेस उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले अख्तियारले माग गरेको बिगो तिर्ने रकम आफूसँग नभएको बताएका छन्।

कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकमा उपसभापति गच्छदारले ललिता निवास प्रकरणमा आफू निर्दोष रहेको बताएका हुन्।

आफूले भ्रष्टाचार नगरेको दाबी गर्दै उनले अख्तियारले माग दाबी गरेको बिगो तिर्न सक्ने अवस्थामा नरहेको बताएका समाचार अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

‘नौ करोड रुपैयाँ कहाँबाट ल्याउने? मसँग पैसा छैन?’ दलको बैठकमा उनले भने, ‘३० वर्ष सांसद बनें। कुनै दोष लागेन।

अहिले मेरो राजनीति सिध्याउन सुनियोजित रूपमा मुद्दा दायर भयो।’ गच्छदारले आफूविरुद्धको मुद्दा पार्टीमाथिको आक्रमण भएको बताए।