गच्छदार सांसदबाट निलम्बित: राजनीति समाप्त - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

गच्छदार सांसदबाट निलम्बित: राजनीति समाप्त



काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुद्दा लागेपछि कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बित भएका छन् ।

अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बित भएका हुन् ।

गच्छदार विरुद्धको मुद्दा अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा संसदमा जान पाउने छैनन् ।

यदि भ्रष्टाचार मुद्दामा अख्तियारको दाबी अदालतबाट ठहर भएमा गच्छदारको राजनीतिक जीवन समाप्त हुनेछ ।

राजनीतिक दल सम्बन्धी कानुनले भ्रष्टाचारजन्य नैतिक पतन हुने फौजदारी मुद्दामा अन्तिम अदालतबाट सजाय पाएको व्यक्ति कुनै पनि चुनावमा उम्मेदवार हुन पाउँदैन ।

गच्छदार त्यो अवस्थामा कांग्रेस केन्दीय सदस्य समेत हुन पाउने छैनन् ।

यसअघि कांग्रेसका नेताहरु खुमबहादुर खड्का, चिरन्जीवी वाग्ले, जेपी गुप्तालगायतका नेता सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएपछि राजनीतिक जीवन समाप्त भएको थियो ।

यससंगै निकै पेचिलो बनेको ललिता निवास जग्गा प्रकरणको टुङ्गो लाग्ने देखिएको छ ।