रोनाल्डोले बनाए नयाँ किर्तिमान - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

रोनाल्डोले बनाए नयाँ किर्तिमान



काठमाडौं- क्रिश्चियानो रोनाल्डोले युभेन्टसको १५ वर्ष पुरानो कीर्तिमान तोडेका छन्।

इटालियन सिरी इ अन्तरगत आइतबार भएको खेलमा फियोरेन्टिनालाई ३-० ले पराजित गर्ने क्रममा दुई गोल गरेका रोनाल्डोले १५ वर्षपछि युभेन्टसका लागि लगातार ९ खेलमा गोल गर्ने खेलाडी बनेका हुन्।

सन् २००५ मा डेविड ट्रजेगुएटले सिरी ए मा लगातार ९ खेलमा गोल गरेका थिए।

पछिल्ला ६ खेलमा रोनाल्डोले १० गोल गरिसकेका छन्।

यसैगरी सन् २०१८ मा युभेन्टस आए यता रोनाल्डोले ७० खेलमा ५० गोल गरिसकेका छन्।

आइतबारको खेलमा फियोरेन्टिनाविरुद्ध रोनाल्डोले खेलको ४० तथा ८० औं मिनेटमा गोल गरेका थिए। उनले दुबै गोल पेनाल्टी मार्फत गरेका हुन्।

यसैगरी टोलीका लागि तेश्रो गोल अतिरिक्त समयको पहिलो मिनेटमा माथेज डि लिग्टले गरेका थिए।

जितसँगै शीर्ष स्थानमा रहेको युभेन्टसले २२ खेलबाट ५४ अंक जोडेको छ।