नेकपाले दियो भिम रावललाई एमसीसीको जिम्मा - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

नेकपाले दियो भिम रावललाई एमसीसीको जिम्मा



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विवादमा सहमति खोज्ने जिम्मा स्थायी कमिटी सदस्य भीम रावललगायतको समितिलाई दिएको छ ।

एमसीसी सम्झौताका केही प्रावधानमा नेता रावलले गम्भीर असहमति व्यक्त गरिरहेका बेला नेकपाले उनी सम्मिलित समिति बनाएर सहमति खोज्ने निर्णय गरेको हो ।

पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीमा सहमति खोज्न पूर्व प्रधानमन्त्री झलनाथ खनाल संयोजक रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेता रावल सम्मिलित समिति गठन गरिएको जानकारी दिए ।

समितिलाई सहमति गर्न १० दिनको समयसीमा दिइएको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार नेकपा नेता राजन भट्टराईले बताए ।

नेकपा सचिवालयले खनालको संयोजकत्वमा समिति बनाउन प्रस्ताव गरेको र केन्द्रीय कमिटीले पारित गर्ने केन्द्रीय सदस्य विक्रमबहादुर शाहीले बताए ।

समितिले तयार पारेको सहमतिको प्रस्ताव नेकपा सचिवालयमा पेश भएपछि एमसीसी प्रक्रिया अगाडि बढ्ने जनाइएको छ ।