सलमान खानलाई गोवामा प्रतिबन्ध: ओरालो यात्रा सुरू भएको दाबी - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

सलमान खानलाई गोवामा प्रतिबन्ध: ओरालो यात्रा सुरू भएको दाबी



एजेन्सी- पछिल्लो समय बलिउड अभिनेता सलमान खान विवादमा तानिएका छन्।

गोवा एयरर्पोटमा अभिनेता खानसँग सेल्फी खिच्नेक्रममा एक फ्यानको फोन खोसेको भिडियो भाइरल भएको थियो।

आक्रोशित अभिनेता खानबाट दुव्र्यवहार भएलगत्तै उनलाई गोवा प्रवेशमा प्रतिबन्ध लगाउनुपर्ने माग काँग्रेसनिकट भारतीय विद्यार्थी संघले गरेको छ।

उनीहरूले गोवाका मुुख्यमन्त्री प्रमोद सावन्तलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ, ‘अभिनेता सलमान खानले आक्रोशित हुँदै एक फ्यानको फोन खोसेको घटनाप्रति माफी नमागेसम्म उनलाई गोवा प्रवेशमा प्रतिबन्ध लगाउनुपर्छ।’

त्यस्तै भारतीय जनता पार्टीका गोवा सचिव नरेन्द्र सवाइकरले अभिनेता खानलाई सम्बोधन गर्दै ट्वीट गरेका छन्, ‘सेलिब्रेटी भएको कारण फ्यानहरूले तपाईसँग सार्वजनिक स्थानमा सेल्फी लिन्छन्।

तपाईले गनुभएको व्यवहार अपमानजनक लाग्यो। त्यसैले तपाईले सार्वजनिक रूपमा माफी माग्नुपर्छ।’

यतिमात्र होइन सलमान खानले देखाएको ब्यबहारले निकै धेरै प्रशंशकहरू उनको बिरुद्धमा उभिएका छन् ।

लगातार एकपछि अर्को हिट चलचित्र दिइरहेका उनको यसै घटनाले बजार नराम्रोसंग खस्किने पनि कतिपयले टिप्पणी गरेका छन् । कहिले भनेका छन्, समर्थकहरूको भावनामा ठेस पुग्यो भने त्यो सेलिब्रेटीको दिन सकिन्छ ।