अमेरिकाको आलोचना नगर्न बास्कोटाको चेतावनी - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

अमेरिकाको आलोचना नगर्न बास्कोटाको चेतावनी



इटहरी – सूचना तथा सञ्‍चारमन्त्री गोकुल बाँस्कोटाले एमसीसीको विषयमा बुझेर मात्र अमेरिकाको टिप्पणी गर्न चेतावनी दिएका छन् ।

नेपाल टेलिभिजन इटहरी च्यानल उद्घाटन गर्न आएका बाँस्कोटाले पार्टी नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै एमसीसीलाई लिएर अमेरिका जस्तो शक्तिशाली देशको आलोचना नगर्न चेतावनी दिएका हुन् ।

उनले एमसीसीमा सेनाको कुरै नरहेको पनि स्पष्ट पारेका छन् ।

उनले विश्व अब प्रविधिमा निर्भर रहेको बताउँदै अमेरिकालाई कुनै ठाउँमा सेना राख्न आवश्यक नै नरहेको जिकिर गरे ।

‘अमेरिकालाई अब कुनै टापुमा सेना राखिरहन जरुरी छैन,’ इराकी नेता सुलेमानीको हत्याको प्रसंगलाई जोड्दै उनले भने, ‘नेपाल वा चीनमा हस्तक्षेप बढाउन एमसीसीलाई माध्यम बनायो भन्ने कुरा गलत हो ।’

उनले रमिते राजनीति नगर्नसमेत प्रतिपक्षीलाई आग्रह गरे ।