महिलाले गरिन पुरुषको बलात्कार - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

महिलाले गरिन पुरुषको बलात्कार



एजेन्सी- महिला बलात्कार भएका घटना सार्वजनिक भइरहन्छन् । तर पछिल्लो समय एक पुरुष बलात्कारको घटना सार्वजनिक भएको छ।

उत्तर भारतको हरियाणा स्थित पलवल जिल्लामा पुरुष बलात्कारसँग सम्बन्धित घटना सार्वजनिक भएको हो।

एक विधवा महिलाले नाबालिग किशोरलाई जबरजस्ती यौन सम्पर्क गराएपछि उनी गर्भवती बनेकि थिइन्। गर्भवती भएपछि उनले केटालाई विवाहको लागि दबाब दिन थालिन्।

केटाले इन्कार गरेपछि विधवाले ती किशोर विरुद्ध बलात्कारको उजुरी प्रहरीमा दिइन्। प्रहरीले किशोरलाई पक्राउ गर्दै जर्बजस्ती करणीको मुद्धा चलाएपछि वास्तविकता बाहिर आएको हो।

प्रहरीका अनुसार आरोपी महिला २९ बर्षीया छिन्। उनले करिब १० बर्ष अघि विवाह गरेकि थिइन्। पतिको मृत्यु भएपछि घर छाडेर उनी डेरा लिएर बस्न थालेकि थिइन्।

त्यहि समयमा एक १४ बर्षे किशोरसँग भेट भयो। सम्बन्ध अगाडि बढ्दै गएपछि शारीरिक सम्बन्ध हुँदै गयो। मुद्धा अदालत समक्ष पुग्दा महिलाको गल्ती देखिएको हो।

प्रहरीले केटालाई रिहा गर्दै बलात्कारको आरोपित महिलालाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।