क्रिकेटको युनिभर्सल बोस 'गेल' नेपाल आउँदै - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

क्रिकेटको युनिभर्सल बोस ‘गेल’ नेपाल आउँदै



काठमाडौं- वेस्ट इण्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले आफू नेपाल आउने बताएका छन् । उनले नेपालमा हुने इपीएल खेल्न आफू नेपाल आउने भन्दै भिडियो शेयर गरेका छन ।

भिडियोमा बोल्दै गेलले भनेका छन्, “नेपालमा मेरो आँधी हेर्न तयार हुनुहोस”।

आगामी चैत्रमा कीर्तिपुर मैदानमा हुने एभरेष्ट प्रिमियर लिग(ईपीएल)मा क्रिस गेलले खेल्ने भएका हुन्।

गेलले इपिएलको चौथो संस्करणमा पोखरा राइनोजबाट खेल्ने भएका हुन्। पोखराले बिहीबार पत्रकार सम्मेलनमार्फत गेललाई अनुबन्ध गरेको खुलाएको हो।

पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको भिडियोमा गेलले आफू टि-२० क्रिकेटको बादशाह भएको उल्लेख गर्दै आफ्नो आँधी हेर्न तयार हुन भनेका छन्।