नेकपा नेताले नै मन्त्रीहरूको भ्रष्टाचारको पोल खोलेपछि... - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

नेकपा नेताले नै मन्त्रीहरूको भ्रष्टाचारको पोल खोलेपछि…



काठमाडौं- नेकपा केन्द्रीय कमिटी बैठकमा समय माग गरेर बोल्दै केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारको बिषयमा व्यंग्य गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिनँ, सहँदा पनि सहन्नँ भनेर बारम्बार प्रतिबद्धता गरिरहेका प्रधानमन्त्री ओलीलाई व्यंग्य गर्दै अन्य नेताहरूले पनि प्रश्न उठाएका छन् ।

न्यौपानेले मन्त्री र नेताहरूले गरेको भ्रष्टाचारले सिमा नाघेको भन्दै मन्त्री बनेपछि कतिसम्म भ्रष्टाचार गर्न छुट हो भनेर बैठकमै प्रश्न उठाएका थिए । यद्यपि उनले प्रश्न गरिरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओली भनेर उठेर हिँडिसकेका थिए ।

बुधबारबाट जारी केन्द्रीय कमिटी बैठकमा समय माग गरेर बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले सरकारमा आसीनहरू भ्रष्टाचारमा निर्लिप्त भएको आसय प्रकट गर्दै प्रश्न गरे, “मन्त्री भएपछि कतिसम्म भ्रष्टाचार गर्न पाइने हो ? बताइयोस् !”

विद्यार्थी आन्दोलनको पृष्ठभूमिका नेता पौडेलले उत्तर त पाएनन् तर भ्रष्टाचारमा शून्य सहनशीलता देखाइरहेका छौं भन्ने प्रधानमन्त्रीलाई मीठो व्यंग्य भने गरे ।

नेकपाका केन्द्रीय कमिटीको बैठक आज पनि जारी छ । आजबाट अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलले पेस गरेको सांगठनिक तथा विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल हुनेछ ।

केन्द्रीय सदस्यहरूको वर्णानुक्रमका आधारमा समूह विभाजन गरिएको छ । १५ वटा समूहमा विभक्त भएर राजनीतिक, सांगठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

७ वटा समूहले राष्ट्रिय सभागृहमा छलफल गर्नेछन् । ५ वटा समूहले पार्टी मुख्यालय धुम्बाराही र ३ समूहले जनसंगठनको कार्यलय पेरिसडाँडामा छलफल गर्नेछन् । प्रत्येक समूहका टोलीले नेताले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् ।

प्रत्येक समूहमा स्थायी कमिटीका दुईजना रहने भए पनि उनीहरूलाई टोली नेता भने नबनाइने बताइएको छ । केन्द्रीय सदस्यमध्येबाटै टोली नेता चयन हुनेछन् ।