सरकारले काम गर्न नदिएको भन्दै प्रदेश-२की मन्त्रीले दिइन् राजीनामा - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

सरकारले काम गर्न नदिएको भन्दै प्रदेश-२की मन्त्रीले दिइन् राजीनामा



जनकपुरधाम- प्रदेश-२ मा एक राज्यमन्त्रीले राजीनामा दिएकी छिन्।

भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा.डिम्पल झाले मंगलबार राजीनामा दिएकी हुन्।

सरकार परिवर्तन हुने चर्चा चलिरहेकै बेला उनले दिएको राजिनामाले राजनीतिक रूपमा चर्चा कमाएको छ ।

राज्यमन्त्री झाका अनुसार आफू सरकारको कामदेखि सन्तुष्ट नरहेकोले राजीनामा दिएको बताएकी छन् ।

उनले भनिन्, ‘धेरै दिन देखि उपभोक्ता समितिहरुको पैसा राखेको छ। मानिसहरु हामीलाई फोन गर्छन्। हाम्रो पैसा किन रोकियो भनेर ? क्याविनेट पैसा दिन पास गरेपनि अहिले सम्म पैसा दिइएको छैन।’

सरकारमा मुखदर्शक बनेर रहने बाहेक कुनै काम नरहेकोले असंतुष्ट भएर राजिनामा दिएको बताइन्।

एकलौटी रुपमा प्रदेशसरकारले काम गरिरहेको आरोप समेत लगाइन्। अब सांसद रहेरै काम गर्ने उनले बताइन्।

पटक पटक राज्यमन्त्रीहरु आफूहरु कामविहिन रहेको भन्दै गुनासो गर्दै आएका छन् ।