आस्था राउतलाई कोमल वलीको साथ्: प्रहरीले गर्न खोजेको के हो ?

काठमाडौं- राष्टियसभाको सदस्य काेमल ओलीले आस्था राउतालाई थुनामा राख्नु शंकास्पद भएको बताएकी छन्।
मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै आस्था राउत प्रकरणमा प्रहरीले बल प्रयोग गरेको आरोप लगाएकी हुन्।
‘फौजदारी अभियोगमा काठमाडौंको प्रमुख जिल्ला अधिकारीको निर्देशनमा चार दिन थुनामा राख्न आदेश दिएको रहेछ’ उनले भनिन्, ‘सामान्य विवादमा पनि चर्चित गायिकालाई थुनामा राख्नु कानुनविपरित हो।’
घटना सामान्य जस्तो देखिएपछि फौजदारी अभियोगमा थुनामा राख्नु प्रहरीले शक्ति प्रयोग गरेको प्रष्ट हुने बताइन्।
उनले फौजदारी अभियोगमा पहिले सुन्नेपछि थुन्ने कानुन रहेको समेत प्रष्टाइन्।
’गायिका राउतको पनि गल्ती भयो होला, सामान्य विवादजस्तो मात्रै देखिन्छ’ उनले भनिन् ‘प्रहरीले त्यसलाई ठूलोरूपमा ल्याएको छ।
त्यसैले कानुको उल्लंन भएको छ।’ प्रहरीले थुनेर बल प्रयोग गर्न सक्ने आरोप लगाइन्।

