डा. भट्टराइको आरोप: कांग्रेसले नेकपासँग मागेर खायो
काठमाडौं- समाजवादी पार्टीका संयोजक तथा सांसद बाबुराम भट्टराईले प्रतिपक्षले सत्तापक्षसँग मागेर खान नहुने बताएका छन् ।
सत्ता पक्ष र प्रतिपक्ष दुवै आ आफ्नो धर्म निर्वाहका लागि तयार हुनुपर्ने भन्दै अहिले सत्तापक्षले प्रतिपक्षले पेल्ने र प्रतिपक्षले पनि सकेसम्म मागेरै खाने हो भन्ने देखिएको उल्लेख गर्दै यस्तो बन्न नहुने धारणा राखे ।
उनले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उपसभामुख मागेको संकेत गर्दै प्रतिपक्षले सत्तापक्षसँग मिलेर–मागेर खान नहुने धारणा राखे ।
उनले प्रजातान्त्रिक मुलुकमा सदन विपक्षको भएको उल्लेख गरे ।