छात्रवृत्ति बढाउन माग गर्दै नेविसंघले बुझायो ज्ञापनपत्र - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

छात्रवृत्ति बढाउन माग गर्दै नेविसंघले बुझायो ज्ञापनपत्र



सुखड,कैलाली । नेपाल विद्यार्थी संघ घोडाघोडी बहुमुखी क्याम्पस ईकाइ कमिटिद्धारा क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ । नव नियुक्त क्याम्पस प्रमुख बिनोद कुमार खड्कालाई बिभिन्न ७ बुदे मागसहित नेविसंघ ईकाइ कमिटिले ज्ञापनपत्र बुझाएको हो ।

नेपाल विद्यार्थी संघ घोडाघोडी बहुमुखी क्याम्पस ईकाइ कमिटि सभापति नारायण आचार्य र सचिब भरत कुमार शाहीको हस्ताक्षर भएको ज्ञापनपत्रमा क्याम्पसले प्रदान गर्दै आएको ३ प्रतिशत छात्रवृतिलाई बढाएर ५ प्रतिशत मा पुर्याउने पर्ने, संसोधित पाठ्यक्रम तल्काल पुस्तकालयमा परिपुर्ति गर्नु पर्ने उल्लेख गरीएको छ ।

क्याम्पसमा खेलकुद शिक्षकको व्यवस्था गरी आवश्यक शैक्षिक सामाग्रीहरुको व्यवस्थापन गरिनु पर्ने, क्याम्पसको नयाँ मुखपत्र प्रशासित गर्नु पर्ने, विद्यार्थीहरुको १०० प्रतिशत कोर्ष पुरा गर्ने वातावरण मिलाई सोको नियमिति अनुगमन गरिनु पर्ने क्याम्पस प्रशासनलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख गरीएको छ । साथै ज्ञापन पत्रमा संकायगत रुपमा उत्कृष्ट श्रेणी ल्याएका विद्यार्थीहरुलाई क्याम्पसको वार्षिक कार्यक्रममा सम्मान गरीनु पर्ने र विद्यार्थीबाट छात्रवृति तथा विनिय छात्रवृति बाट विद्यार्थीकोषको नाममा एकल रकमको आयव्ययको वितरण सहित खर्च शिर्षक देखाउनु पर्ने उल्लेख गरीएको छ ।

ज्ञापन पत्रबुझिसके पछि नवनियुक्त क्याम्पस प्रमुख बिनोद कुमार खड्काले फागुन पहिलो साता ७ बुदे माग पुरा गरी सक्ने प्रतिबद्धता गरेको नेपाल विद्यार्थी संघ घोडाघोडी बहुमुखी क्याम्पस ईकाइ कमिटिका सभापति आचार्यले जानकारी दिए ।