आस्था राउतलाई लिएर प्रहरी विर अस्पतालमा

काठमाडौं- प्रहरीले गायिका आस्था राउतलाई विर अस्पताल लागेको छ ।
एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छन् ।
उनी नातेदारसहित सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् ।
अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । परिवारको समन्वयमा उनलाई साेमबार प्रहरीसमक्ष आत्मसमर्पण गराइएको हो ।
राउतलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा लगेको छ ।
उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चल्नेछ । प्रहरीले उनी आफैं उपस्थित भएर कमजोरी स्वीकाररेमा मुद्दा नचलाउने संकेत गरेको थियो ।

