चीनको चमत्कार: संसारभर चर्चा - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

चीनको चमत्कार: संसारभर चर्चा



एजेन्सी । चीनले कोरोना भाइरसविरुद्ध आफ्ना जनताको स्वास्थ्यमा ख्याल राख्न तीब्र तयारी थालेको छ ।

सबैभन्दा प्रभावित शहर वुहानको प्रशासनले मात्र १० दिनमा एक डेडिकेटेड हस्पिटल निर्माण गर्नका लागि आदेश दिएको छ ।

यसका लागि निर्माण कार्य सुरु भएको छ । यस घातक भाइरसलाई फैलनबाट रोक्नका लागि उक्त हस्पिटल निर्माण गर्न थालिएको हो ।

यस भाइरसको कारणले चीनमा ४१ जनाले ज्यान गुमाइसकेका छन् भने ८०० मानिसहरु संक्रमित भएका छन् ।

२५ हजार वर्गमिटरमा तयार हुँदै गरेको यो अस्पतालमा ३ फेब्रुअरीसम्म उपचार सेवा प्रदान गरिने लक्ष्य लिइएको छ ।

स्थानीय मिडिया अनुसार, प्रशासनले सरकारी निर्माण कम्पनीलाई क्याडियन जिल्लामा एक इमरजेन्सी हस्पिटलको डिजाइन गर्न र निर्माण गर्नको जिम्मेवारी दिइएको छ ।

रिपोर्ट अनुसार, चाइना कन्स्ट्रक्शन थर्ड इन्जिनियरीङ ब्यूरोका कर्मचारीले शुक्रबारसम्म अस्पतालको डिजाइन तयार गरेका थिए ।

यता अहिलेसम्म निर्माणको बारेमा धेरै जानकारीहरु प्राप्त भएको छैन तर भन्ने गरिएको छ कि यो अस्पताल दुई तले हुन सक्नेछ ।

वुहान स्वास्थ्य अधिकारीहरुका अनुसार बिरामीको संख्यामा वृद्धि भइरहेको छ ।