प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम
जनकपुर- प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै राख्ने सहमति भएको छ ।
प्रदेश सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित संसदीय विशेष समितिको बैठकबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम राख्ने सहमति भएको हो ।
जनकपुरलाई नै राजधानीको रुपमा कायम गर्ने निर्णय सर्वसम्मतले पारित भएको समितिका संयोजक समेत रहेका यादवले जानकारी दिए ।
यो सहमतिलाई प्रदेश सभाको दुई तिहाइ बहुमतबाट पारित गर्नुपर्नेछ ।
प्रदेशको राजाधानी र नाम सम्बन्धमा विभिन्न दलका सांसदहरूले प्रदेश सभामा भदौ ५ गते प्रस्ताव दर्ता गरेका थिए ।
प्रदेशको राजधानीको विषयमा विशेष समितिमा टुंगो लागेपनि नामको विषयमा सहमति हुन सकेको छैन ।