एआईए स्कुलमा मनै लोभ्याउने विद्यार्थीको मेला: धुर्मुस-सुन्तली फाउन्डेसनलाई सहयोग - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

एआईए स्कुलमा मनै लोभ्याउने विद्यार्थीको मेला: धुर्मुस-सुन्तली फाउन्डेसनलाई सहयोग



काठमाडौं- शनिबार काठमाडौंस्थित सङ्खमूलमा रहेको एआइए स्कुल पुग्दा विद्यार्थी, अभिभावक तथा शिक्षकहरू सबै रमाइरहेका थिए ।

विद्यार्थी, अभिभावक तथा शिक्षकहरू एकै कार्यक्रममा कमै रमाएका हुन्छन । किनकि हरेकलाई आफ्नै प्रेसर हुन्छ, तर त्यहाँ कसैलाई केहि प्रेसर थिएन ।

आफ्नै छोराछोरीले पकाएर बेच्न राखेको विभिन्न खानेकुराहरू अभिभावकहरूले किनिरहेको दृश्य झनै मनमोहक थियो । विभिन्न किसिमका प्रदर्शनी गरिएका दर्जनबढी स्टलमा केहि विद्यार्थीले आफ्ना कला र सीपको पर्दर्शनी गरिरहेका थिए भने कहिले आविस्कार गरेका बस्तुहरू प्रदर्शन गरिरहेका थिए ।

शिक्षकहरू भने बिद्यार्थी र अभिभावकको सहभागितामा आफै दङ्ग पर्दै थिए । धुर्मुस-सुन्तली फाउन्डेसनको सहयोगार्थ आयोजना गरिएको मेलामा विद्यार्थीहरूलाई विभिन्न सृजनात्मक कामहरूमा लगाइएको थियो।

साना साना भाईबैनीहरूले वातावरण परिवर्तन र पानीको सुद्दताको बारेमा निकै मिठोसँग अभिभावकलाई बुझाएको देख्दा हामी दङ्ग थियौँ ।

खासमा सबैका अभिभावकले आफ्ना बच्चाहरूको यस्तै सृजनात्मक काम हेर्न चाहन्छन भन्दै हामी गफिंदै थियौँ, यत्तिकैमा हाम्राबीच विद्यालयका प्रिन्सिपल बिमल घिमिरे टुप्लुक्क आइपुगे । “कार्यक्रम कस्तो” लाग्यो हामीलाई उनले सोधे। जवाफमा हामीले भन्यौं, “यस्ता कार्यक्रम हरेक स्कुलले गर्नुपर्छ ।”

मेलामा भित्रका सबै कार्यक्रमबाट सङ्कलन भएको रकम निर्माणाधीन रङ्गशालाको लागि धुर्मुस-सुन्तली फाउन्डेसनलाई सहयोग गर्न लागिएको पनि बिमल घिमिरेले बताए ।

केहि दृश्यहरू