हिरासतमा दुई दिन सुत्दा मजा आयो, अब रक्सी खान्छु: दीपक मनाङ्गे - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

हिरासतमा दुई दिन सुत्दा मजा आयो, अब रक्सी खान्छु: दीपक मनाङ्गे



पोखरा । फुटबल खेलसम्बन्धी विवादमा अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङमाथि अभद्र व्यवहार गरेपछि प्रहरी हिरासतमा रहेका सांसद दीपक मनाङ्गे आइतबार दिउँसो रिहा भए ।

६ हजार रुपैयाँ धरौटीमा रिहा भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले हिरासत बसाइका क्रममा आफूले आराम गर्न पाएको बताए ।

हिरासत बसाइ कस्तो भयो भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘मलाई मजै लाग्यो, रेस्ट गर्न पायो नि, दुई दिन मज्जाले सुतेँ, अब रक्सीसक्सी खानुपर्ला, भित्र (हिरासतमा) खान पाउँदैन नि त !’

फुटबल खेलसम्बन्धी विवादमा अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेको उनि आफैले स्वीकार गरेका थिए । गुरुङबारे टिप्पणी गर्दै सांसद मनाङ्गेले सामान्य विषयलाई राजनीतिकरण गरिएको बताए ।

‘त्यो मान्छे बेबकुफ रहेछ, हामीले मुद्दा हाल्नुपर्नेमा उल्टा उ आफैं ठग्ने, उ आफै‌ं मुद्दा हाल्ने, मनाङको क्लबलाई हेरेन भनेर डिस्कसन गरेको राजनीतिकरण ग¥यो, जिलाको क्लबको लागि त म बोल्नै पर्‍यो नि’ उनले भने ।

एन्फालाई फुटबलको विकासका लागि फिफाले दिएको रकम पदाधिकारीले हिनामिना र मोजमस्ती गरेको मनाङ्गेले बताए ।