मात्र ६ हजार धरौटीमा छुटे दीपक मनाङे - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

मात्र ६ हजार धरौटीमा छुटे दीपक मनाङे



पोखरा । गण्डकी प्रदेशका सांसद राजीब गुरुङ उर्फ दीपक मनाङे छ हजार धरौटीमा रिहा भएका छन् ।

उनी गत बिहीबार कास्की जिल्ला अदालतको अनुमतिमा पक्राउ परेका थिए ।

जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि बिहीबार मनाङे पक्राउ परेका थिए ।

गण्डकी प्रदेशमा पहिलोपटक आयोजित ‘मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ को उद्घाटनपूर्व मनाङेले आयोजक एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई तीन झापड हानेका थिए ।

मनाङेले झापड हानेको स्वीकारसमेत गरेका थिए । उनी बुधबार आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, “मैले हातपात गरेको होइन, झापट हानेका हो ।”

मिलन गुरुङले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीतको कसुर हुँदा निजलाई ठाडै पक्राउ गरी प्रचलित कानुन अनुसार हदैसम्मको सजाय गरी पाउँ भनी निवेदन दिएका थिए ।

मनाङेविरुद्ध उजुरी दिने मिलन गुरुङ पनि बैंक ठगी प्रकरणमा शुक्रबार पक्राउ परेका थिए ।