बन्दै गरेको अरुण तेस्रोमा शक्तिशाली बम बिस्फोट - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

बन्दै गरेको अरुण तेस्रोमा शक्तिशाली बम बिस्फोट



काठमाडौं- संखुवासभाको निर्माणाधीन जलबिद्युत आयोजना अरुण तेस्रोको कार्यालयमा शक्तिशाली बम बिस्फोट भएको छ ।

गएराति ११ बजेतिर ठुलो आवाजसहित बिस्फोटको आवाज आएको स्थानीयले जनाएका छन ।

जिल्लाको मकालु गाउँपालिका वडा नम्बर ५ र चिचिला गाउँपालिकाको वडा नम्बर ३ मा रहेको निर्माणाधीन आयोजनामा बम बिस्फोट भएको हो ।

बिस्फोटबाट केकति क्षति भएको छ भन्ने विषयमा केहि पनि जानकारी प्राप्त हुन सकेको छैन ।

यता जिल्ला प्रहरी कार्यालय संखुवासभाले विस्फोटनको खबर आएलगत्तै घटनास्थलका लागि प्रहरी टोलि हिडेको जनाएको छ ।