एमसीसीको बिरोधमा कम्युनिस्ट दलहरूले बनाए मोर्चा: आन्दोलनको घोषणा - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

एमसीसीको बिरोधमा कम्युनिस्ट दलहरूले बनाए मोर्चा: आन्दोलनको घोषणा



काठमाडौँ- कम्युनिस्टसहितका दलले आन्दोलनको घोषणा गर्दै मोर्चा बनाएका छन् ।

भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र फिर्ता र एमसीसी संसदबाट अनुमोदन हुन नदिन विभिन्न साना कम्युनिस्टसहितका दलले आन्दोलनको घोषणा गरेका छन्।

शनिबार बसेको नौ राजनीतिक दलको बैठकले कालापानी फिर्ता गर्न र एमसीसी अनुमोदन हुन नदिन आगामी माघ २४ गते हरेक प्रदेशको राजधानीमा विरोध सभा गर्ने निर्णय गरेको हो।

बैठकपछि जारी गरिएको एक प्रेस वक्तव्यमा यो विरोध सभापछि पुनः संयुक्त बैठक बसी थप कार्यक्रम घोषणा गर्ने उल्लेख छ।

मोहनबिक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी-माओवादी), सीपी मैनाली नेतृत्वको नेकपा माले, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र), सुभासराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपाल र महेन्द्र शर्मा सहसंयोजक रहेको राष्ट्रिय जागरण परिषद्लगायतले आन्दोलन घोषणा गरेका हुन्।