टेकु अस्पतालले नै कोरोना भाइरस फैलाएको पुष्टि - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

टेकु अस्पतालले नै कोरोना भाइरस फैलाएको पुष्टि



काठमाडौं- चीनको वुहानमा पीएचडी अध्ययरत एक जना नेपाली विद्यार्थी गत पुस २० मा घर आएका थिए।

ज्वरो, श्वासप्रश्वासलगायत समस्या देखिएपछि उनी पुस २८ मा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल गए। उनमा नोवल कोरोना भाइरसको संक्रमण भएको आशंका गरियो।

आइसोलेसन वार्डमा राखेर उनको उपचार गरियो। त्यसपछि रगत र र्यालको नमुना परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको हङकङस्थित कोलाबरेटिङ सेन्टरमा पठाइयो।

नमुना परीक्षणमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भयो। शुक्रबार पुष्टि भएको रिपोर्ट आउँदा ती बिरामी डिस्चार्ज भइसकेका थिए। यो खबर आजको कान्तिपुरमा बुनु थारुले लेखेकी छन्।

भाइरस संक्रमण आशंका गरिएका ती विद्यार्थीलाई नमुना परीक्षकै बेला किन घर पठाइयो भन्ने प्रश्न यतिबेला टड्कारो बनेको छ।

सँगै, डिस्चार्जपछि उनी कहाँ कहाँ, को कोसँग सम्पर्कमा आए, के सरकारले उनको परिवार र उनी सवार विमानमा रहेका अन्य यात्रुको स्क्रिनिङ गर्योजस्ता प्रश्न पनि आम मानिसमा उठेका छन्।

कतिपयले ती विद्यार्थीलाई उच्च निगरानीमा राखिरहन नसक्नुलाई सम्बन्धित अस्पतालको लापरबाही भनेका छन्।