अब नेपाल सीधै विश्वकप क्रिकेट खेल्न पाउने
एजेन्सी । नेपालले आईसीसी टी–ट्वान्टी विश्वकप २०२१ को ग्लोबल क्वालिफायर सीधै खेल्न पाउने भएको छ ।
उक्त क्वालिफयरमा २०२० को विश्वकपका पुछारका चार टोलीसँगै अन्य चार टिमले सहभागिता जनाउने भएको आईसीसीले जनाएको छ ।
आईसीसीले १ जनवरी २०२० को वरीयताक्रमलाई आधार बनाएको छ । जसअनुसार नेपालसँगै जिम्बावे, यूएई र हङकङले ग्लोबल क्वालिफायर खेल्नेछन् ।
टी–ट्वान्टी विश्वकपमा १६ टोलीले सहभागिता जनाउँदै छन् । जसमध्ये पुछरका चार टोलीले विश्वकप २०२१ को क्वालिफायर खेल्नुपर्नेछ ।
२०२१ को विश्वकपमा १६ टोलीले सहभागिता जनाउनेछन् ।
आईसीसीले सन् २०२१ मा आयोजना हुने भनिएको आठ टोली सम्मिलित आईसीसी च्याम्पियन्स ट्रफीको स्थानमा टी–ट्वान्टी विश्वकप आयोजना गर्ने भएको हो ।
भारतमा आयोजना हुने उक्त अतिरिक्त प्रतियोगितामा बाँकी आठ टोली ११ क्षेत्रीय छनोट प्रतियोगिताबाट चयन हुनेछन् ।
११ क्वालिफायर आईसीसीको पाँच क्षेत्रमा हुनेछ । उक्त पाँच क्षेत्र अफ्रिका, अमेरिका, एसिया, पूर्वी एसिया प्रशान्त र युरोप हुन् । यसको अर्थ कुल १६ टोलीले २०२१ विश्वकपका लागि क्वालिफायर खेल खेल्नुपर्नेछ ।
दुई वटा क्वालिफायरमा आठ–आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । एउटा क्वालिफायरबाट दुई टोलीले विश्वकप २०२१ मा सहभागी हुने मौका पाउनेछन् ।