निगमको २५ पाइलटद्वारा राजीनामा: अन्तर्राष्ट्रिय उडान ठप्प हुने - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

निगमको २५ पाइलटद्वारा राजीनामा: अन्तर्राष्ट्रिय उडान ठप्प हुने



काठमाडौं- नेपाल वायुसेवा निगमको ६० वर्षे इतिहासमै पहिलोपटक दुई दर्जनभन्दा बढी पाइलटले सामूहिक राजीनामा बुझाएका छन्।

व्यवस्थापनका कारण निगम धराशाही भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले राजीनामा बुझाएका खबर आजको नयाँ पत्रिका दैनिकमा केदार दाहालले लेखेका छन्।

राजीनामा स्वीकृत गर्न पाइलटले तीन महिनाको म्याद दिएका छन्। स्वीकृत भए अन्तर्राष्ट्रिय उडान ठप्प हुने छ।

वाइडवडीका तीन र न्यारोवडीका २२ पाइलटसहित २५ जनाले निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दलाई सामूहिक राजीनामा बुझाएका हुन्।

राजीनामा दिने सबै स्थायी पाइलट हुन्। राजीनामा बुझाउनेमध्ये १५ जना क्याप्टेन हुने भने १० जना को पाइलट हुन्।