प्रचण्डलाई बाबुरामले भने: 'आफै त महादेव उत्तानो टाँग, कस्लाई दिने वर..' - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

प्रचण्डलाई बाबुरामले भने: ‘आफै त महादेव उत्तानो टाँग, कस्लाई दिने वर..’



काठमाडौं- पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूलाई पार्टीमा आउन आग्रह गर्ने नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कडा जवाफ फर्काएका छन् ।

डा. भट्टराईले बिहीवार ट्वीट गर्दै खड्गप्रसाद ओलीको पिंजडामा फसेर छट्पटाइरहेका प्रचण्डले आफूहरूलाई शरण दिन नसक्ने टिप्पणी भन्दै टिप्पणी गरेका हुन् ।

प्रचण्डको आग्रहको ट्वीटरमार्फत जवाफ फर्काएका बाबुरामले ‘आफैं त महादेव उत्तानो टाँग, कस्लाई दिने वर.. भन्दै पहिले आफू पिंजडाबाट निस्कन आग्रह गरेका छन्।

बाबुरामले भनेका छन्, ‘पंचतन्त्रको ‘कंकड़ लुब्ध पान्थ कथा’ मा शिकार गर्न नसक्ने बुढो बाघले हातमा सुनको बाला लिएर बटुवाको शिकार गरेझैं आफैं खड्गप्रसादको पिंजडामा फसेर छट्पटाइरहेका पुष्पकमलले हामीलाई पनि पिंजडामा आउन आग्रह गरेछन्! आफैं त महादेव उत्तानो टाँग; कस्लाई दिने वर……?’ ।

समाजवादी पार्टीका नेता-कार्यकर्तालाई बुधवार पार्टीमा भित्र्याउने क्रममा प्रचण्डले बाबुराम, अशोक राई र उपेन्द्र यादवलाई नेकपामै आउन आग्रह गरेका थिए । यसैको प्रत्युत्तरमा यस्तो जवाफ दिएका हुन् ।

प्रचण्डले पार्टी प्रवेश गराएका नेताहरूले बाबुरामको पार्टीमा हैसियत नभएको टिप्पणी गरेका थिए । पार्टी प्रवेश गर्ने नेताहरूले बाबुराम र अशोक राईहरू पार्टीमा निरीह भएर बस्नुपरेको बताएपछि प्रचण्डले नेकपामै आउन आग्रह गरेका थिए ।

यस्तो छ ट्वीट