ओनसरी र देव गुरुङको प्रस्तावमा अग्निको उम्मेद्वारी दर्ता: कांग्रेस नलड्ने - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

ओनसरी र देव गुरुङको प्रस्तावमा अग्निको उम्मेद्वारी दर्ता: कांग्रेस नलड्ने



काठमाडौं– नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्नि सापकोटाले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन्।

संघीय संसद सचिवालयमा मंगलबार उनले उम्मेदवारी दर्ता गराएका हुन्।

उनको उम्मेदवारीमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रस्तावक, नेकपाका सांसद देव गुरुङ, ओनसरी घर्तीमगर र राजपाका सांसद लक्ष्मणलाल कर्ण समर्थक रहेका छन्।

सभामुख पदका लागि संसद सचिवालयले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भने सभामुखमा उम्मेद्वारी नदिने भएको छ । अग्नि सापकोटाले जित्ने निश्चित भएपछी कांग्रेसले उम्मेद्वारी नदिने भएको हो ।

यसअघि कांग्रेसले पार्टीकि प्रमुख सचेतक पुष्पा भुसाललाई सभामुखमा उठाउने चर्चा थियो ।