यी हुन् जागिर लगाइदिन्छु भन्दै लाखौँ ठग्ने र धम्काउने नेकपाका नेता - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

यी हुन् जागिर लगाइदिन्छु भन्दै लाखौँ ठग्ने र धम्काउने नेकपाका नेता



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का सदस्य रामबाबु बैठालाई ठगी आरोपमा प्रहरीले हिरासतमा लिएको छ।

ठगी मुद्दामा प्रतिवादी रहेका बैठालाई पर्सा प्रहरीले हिरासतमा लिएको हो।

बैठा सोमबार आफैं प्रहरीमा हाजिर भएका थिए। उनीमाथि पाँच लाख रुपैयाँ ठगेको उजुरी पर्सा प्रहरीमा छ।

‘उहाँलाई हिरासत लिएर आवश्यक कारबाही थालिएको छ,’ प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले भने।

प्रहरीमा जागिर लगाइदिन्छु भनेर आफूसँग पाँच लाख ठगी गरेको भन्दै रौतहटका प्रदीपकुमार साहले गत कात्तिकमा प्रहरीमा उजुरी दिएका थिए।

प्रदीपले बैठालाई दिने भन्दै सुनिल चौरासियाको आइएमी बैंकको खाताबाट २०७२ साल माघ १० गते वीरगञ्जबाट काठमाडौं पैसा पठाएको उजुरीमा उल्लेख गरेका थिए।

पैसा पठाएको रसिद समेत उनले उजुरीसँगै बुझाएका थिए। प्रदीपले २०७२ माघमा पहिले १ लाख पठाए। त्यतिले पुग्दैन भनेपछि थप ४ लाख त्यही दिन पठाएका थिए। तर काम भने भएन।

अन्तिममा वैशाख १५ गते मैले पैसा दिन्नँ जे गर्ने गर भनेर धम्क्याएका थिए।