कांग्रेसले पुष्पा भुसाललाई सभामुखमा उठाउने - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

कांग्रेसले पुष्पा भुसाललाई सभामुखमा उठाउने



काठमाडौं- सभामुख पदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि उम्मेदवारी दिने भएको छ।

संसदमा रिक्त रहेको पदकालागि उम्मेद्वारी दिने भएको हो ।

सत्तारूढ नेकपाले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उमेदवार बनाउने निर्णय गरेपछि कांग्रेसले पनि आफ्ना तर्फबाट उम्मेदवार खडा गर्ने निर्णय गरेको हो।

कांग्रेस स्रोतका अनुसार पार्टीका तर्फबाट सभामुखको उम्मेदवारमा नेतृ पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी छ।

द्वन्द्वकालीन मुद्दा लागेका सापकोटालाई सभामुख उम्मेदवार बनाएकाप्रति कांग्रेस असन्तुष्ट छ।