रविले भने: न्याय मरेको रहेनछ, शुभचिन्तक सबैलाई धन्यवाद - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

रविले भने: न्याय मरेको रहेनछ, शुभचिन्तक सबैलाई धन्यवाद



काठमाडौं- शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अदालतले रवि लामिछानेलाई निर्दोष ठहर गरेको छ ।

जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछानेलाई निर्दोष ठहर गरेको हो।

आत्महत्या दुरुत्साहनको अभियोग लागेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पनि जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले आइतबार अन्तिम फैसला सुनाउँदै सफाइ दिएको हो।

भदौ ९ गते रावलकै इजलासले लामिछानेलाई पाँच लाख, कँडेललाई तीन लाख र कार्कीलाई साधारण तारेखमा छाडेको थियो।

पुडासैनी मृत्यु प्रकरणमा सफाइ पाएपछि रवि लामिछानेले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘न्याय मरेको छैन भन्ने यो अर्को उदाहरण हो।’

उनले आफूलाई देश विदेशबाट समर्थन गर्ने आफ्नो सबै शुभचिन्तकलाई धन्यवाद ज्ञापन गरे।