भिम रावलले प्रधानमन्त्री ओलीलाई लगाए गम्भीर आरोप - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

भिम रावलले प्रधानमन्त्री ओलीलाई लगाए गम्भीर आरोप



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले aअध्यक्ष केपी शर्मा ओलीलाई गम्भीर आरोप लगाएका छन् ।

रावलले प्रधानमन्त्री एव पार्टी अध्यक्ष ओलीले विधान मिचेको र चाहिनेभन्दा नचाहिने काम बढी गरेको आरोप लगाएका छन् ।

रावलले प्रधानमन्त्री नहुँदै अध्यक्ष ओलीले कूटनीतिक मर्यादा मिचेर भारतीय मन्त्री सुश्मा स्वराजलाई भेटेको, सोल्टी होटलमा ‘होली वाइन’ कान्ड मच्चाएको, देशको विरुद्ध बोल्ने सीके राउतको भब्य समारोहबीच भित्र्याएको लगायतका कार्यहरु पार्टीको नीति विपरित रहेको रावलको भनाइ छ ।

अहिले सभामुख चयन प्रक्रियामा देखिएको मतभेद दुई अध्यक्षबीचका कारण भएको उनको आरोप छ । ईमेज च्यानलसँग अन्र्तवार्ताका क्रममा उनले भने, ‘नेकपा दुई अध्यक्षको मात्र निजी हो ?’

रावलले अध्यक्ष ओलीका धेरै कमजोरीहरुका कारण पार्टीलाई क्षति पुगेको पनि बताए । पार्टी एकलौटी रुपमा चलाएको आरोप पनि उनले लगाए ।

पार्टीका गलत गतिविधिप्रति निरन्तर आवाज उठाउँदै आएका रावलले पछिल्लो समय एमसीसी सम्झौताको ओअनी डटेर बिरोध गरिरहेका छन् ।

केहिदिन अगाडी प्रधानमन्त्री निवासबाट नै ज्यान मार्ने धम्की आएको रावलले खुलासा गरेका थिए ।

यधपी प्रधानमन्त्री ओली र सरकारका प्रवक्ता बास्कोटाले रावलले झुट बोलेको र ज्यान मार्ने धम्की नआएको बताएका थिए ।