त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ठप्प - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ठप्प



काठमाडौं- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण ठप्प भएको छ ।

लगातारको वर्षाले विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान ठप्प भएका हुन्। काठमाडौं बाहिरका केही विमानस्थलबाट पनि उडान हुन सकेको छैन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार शुक्रबार बिहान केही उडान भएका थिए। त्यसपछि खराब मौषम र वर्षाका कारण सबै उडान तथा अवतरण बन्द भएको छ।

विमानस्थल कार्यालयका महानिर्देशक देवेन्द्र केसीले विमानस्थल पूर्ण रूपमा बन्द भएको बताए। ‘बिहान काठमाडौंबाट नेपालगञ्जको लागि बुद्ध एयर, यती एयर तथा श्रीएयरलाईन्सले उडान भरेका थिए,’ केसीले भने, ‘त्यसपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन्।’

त्यस्तै, आन्तरिक उडान बन्द रहेका छन्। नेपालगञ्जबाहेक अन्य विमानस्थ्लमा उडान तथा अवतरण हुन सकेको छैन।

उडान ठप्प हुनाले हजारौं यात्रुहरूले सास्ती बेहोर्नुपरेको छ ।