सेवा र कामना बैंक मर्ज हुने - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

सेवा र कामना बैंक मर्ज हुने



हिमाल पोस्ट / काठमाडौ,  माघ २० । सेवा विकास बैंक लिमिटेड (Sewa Bikas Bank Ltd.) ले दोस्रो त्रैमासमा मुनाफा ९२ दशमलव २५ प्रतिशतले वृद्धि गरी ७ करोड ७२ लाख रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ४ करोड ८ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

५० करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी भएको सेवा विकास बैंकले जगेडाकोषमा १८ करोड ५४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २४ दशमलव ०४ प्रतिशतले वृद्धि गरी ५ अर्ब ४१ करोड ११ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट बैंकले कर्जामा ४ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ, जुन गत वर्षको तुलनाभन्दा २८ दशमलव ४९ प्रतिशतले वृद्धि गरेको हो । बैंकको खुद व्याज आम्दानीमा ७४ दशमलव १५ प्रतिशतले बढेर १५ करोड ५७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा ८९ दशमलव ०६ प्रतिशतले बढेर १२ करोड १४ लाख रुपैयाँ पुगेको छ । बैंकले १ करोड ८९ लाख रुपैयाँ प्रोभिजनमा राखेको छ ।

बैंक (SEWA) को निष्कृय कर्जा शुन्य दशमलव ४२ प्रतिशत रहेको छ भने जोखिम युत्त सम्पत्ति १२ दशमलव ४२ प्रतिशत रहेको छ । जसको प्रतिशेयर आम्दानी वार्षिक ३० दशमलव ५२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १२ दशमलव ७८ गुणा, प्रतिशेयर नेटवर्थ १३६ दशमलव ६१ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ७७ प्रतिशत रहेको छ ।

 

कामना विकास बैंक लिमिटेड (Kamana Bikas Bank Ltd) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद मुनाफा १३२ दशमलव ५५ प्रतिशतले वृद्धि गरी १० करोड ५ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैकले मुनाफा ४ करोड ३६ लाख रुपैयाँ कमाएको थियो ।

६६ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडकोषमा ३८ करोड रुपैयाँ राखेको छ । निक्षेपमा १ सय २ दशमलव २९ प्रतिशतले वृद्धि गरी ६ अर्ब ८९ करोड ७ लाख रुपैयाँ पुर्याएको छ । जसले कर्जामा ६ अर्ब १८ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ, जुन गत वर्षको तुलनामा १ सय २५ दशमलव ३७ प्रतिशतले वृद्धि गरेको हो । बैंकको खुद व्याज आम्दानी १ सय ४९ दशमलव ३९ प्रतिशतले बढेर २० करोड ७६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १२० दशमलव ५८ प्रतिशतले बढेर १५ करोड रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा २ करोड ५८ लाख रुपैयाँ राखेको छ ।

बैंक (KMBL) को निष्कृय कर्जा १ दशमलव ४८ प्रतिशत, जोखिम युत्त सम्पत्ति १४ दशमलव ३० प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ३० दशमलव ४० रुपैयाँ, मुल्य आम्दानीको अनुपात २३ दशमलव ३६ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ५८ दशमलव १३ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ३४ प्रतिशत रहेको छ ।

बुटबलमा केन्द्रिय कार्यलय रहेको सेवा विकास बैंकले पोखरामा रहेको कामना विकास बैंकसँग मर्जरमा जाने निर्णय गरेको छ । यस अघि मर्जर सम्झौता गरेको बैंकले साधारण सभा मार्फत मर्जर प्रस्ताव पारित गर्दै लगानीकर्तालाई दिने प्रतिफल पनि पारित गरेको छ । बैंकको दशौं वार्षिक साधारण सभाले १९ प्रतिशत बोनस पनि पारित गरेको छ ।