भिसा सकिएपछि लुकिछिपी किन नेपालमै बस्छन् विदशी ?
काठमाडौं । विदेशीका गतिविधिमाथि अनुगमन नहुँदा सन् २०१९ मा सबैभन्दा धेरै चिनियाँ नागरिक नेपालमा अवैध रुपमा बसेको खुलेको छ ।
सोही बर्ष भिसा म्याद सकिएपछि अवैध तवरबाट बस्नेमा अमेरिकीको संख्या दोस्रो रह्यो । गत बर्ष ४ सय १५ चिनियाँ अवैध रुपमा नेपाल बसेका थिए । २३ जना ओभर स्टे रहे ।
अमेरिकीबाहेकका विदेशी एक भिसा बर्षमा डेढसय दिनभन्दा बढी बस्न पाउँदैनन् ।
नेपाल–अमेरिका भिसामा पारस्परिकता कायम भएपछि अमेरिकीहरु एक भिसा बर्षमा १ सय १० दिन बस्न पाउँछन् । अन्नपुर्णले छापेको छ ।
भिसा म्याद सकिएपछि पनि किन विदेशीहरु नेपालमै बसिरहेका छन् अनुसन्धानको विषय हो ।
विकसित मुलुकमा जस्तो न नेपालमा काम पाइन्छ, न बढी तलब नै । आखिर किन म्याद सकिएपछि पनि विदेशी लुकीछिपी यहीं बस्छन् ।