राजिनामा दिएपनि सभामुख म नै बन्छु: तुम्बाहाम्फे - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

राजिनामा दिएपनि सभामुख म नै बन्छु: तुम्बाहाम्फे



नुवाकोट- उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभामा रिक्त सभामुख पदको लागि आफू नै योग्य भएको बताएकी छिन् ।

नुवाकोटको बेत्रावतीमा बुधबार आयोजित गोरु जुधाई प्रदर्शनी कार्यक्रममा उनले रिक्त सभामुख पदको लागि बाटो खुला गर्न आफू राजीनामा दिन तयार भएको तर सभामुख पदको उम्मेदवारमा आफू पनि दाबेदार रहेको बताएकी हुन् ।

“सो पदमा कि त पार्टीले उम्मेदवार सिफारिस गर्न सक्नुप¥यो, कि अडान त्याग गरेर नेतृत्वबिहीन बनेको संसद् सहज रुपमा सुचारु गर्न सहयोग गर्नुपर्छ ।” उनले भनिन ।

उपसभामुख तुम्बाहाम्फेले संसद् नचल्दा जनताका मौलिक हक तथा राष्ट्रिय सुरक्षासँग जोडिएका विभिन्न पाँच विधेयक प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पठाउन ढिलाइ भएको बताइन् ।

संसद सचिवालयकी महिलालाई बलात्कार गरेको अभियोगमा तत्कालिन सभामुख महरा जेल परेपछि नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने बिषयले रडाको नै मच्चाएको छ।

पार्टीको निर्णय भन्दै राजिनामा गर्न लगाएको नेत्रित्वलाई उपसभामुख तुम्बाहाम्फेले नटेरेपछि यतिबेला नेकपामा सङ्कट देखिएको छ।