जेफ बेजोस र मुकेश अम्बानीको भारतमा महाभिडन्त - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

जेफ बेजोस र मुकेश अम्बानीको भारतमा महाभिडन्त



एजेन्सी । ई–कमर्शको सबैभन्दा ठुलो कम्पनी अमेजनले भारतमा एक अर्व डलर लगानी गर्ने भएको छ । अमेजनका संस्थापक तथा सिइओ बेजोसले बुधबार यसको घोषणा गरेका हुन् ।

बुधबार दिल्लीमा अमेजनले आयोजना गरेको एक कार्यक्रममा उनले भनेका छन्,‘भारतमा छोटा तथा मध्यम कारोबारी डिजिटलाइज गर्न करिब एक अर्ब डलर खर्च गरिनेछ ।’

उनले भनेका छन्,‘सन् २०२५ सम्ममा अमेजनले १० अर्व डलर बराबरको सामन अमेजनले निर्यात गर्नेछ ।’

उनले २१ औँ शताब्दीमा भारत र अमेरिकाको सम्बन्ध थप मजबुत भएको बताएका छन् । मिडिया रिपोर्टका अनुसार भारतमा एसियाकै धनी मुकेश अम्बानीले अनलाइन बिजनेश देशकी दुकानका लागि ठुलो लगानी गर्ने बताएसँगै उनले यस्तो घोषणा गरेका हुन् ।