तुम्बाहाम्फेलाई सभामुख बनाउन शान्ता चौधरीको माग
काठमाडौं- सधै चर्चाको शिखरमा रहने नेपाल कम्युनिष्ट पार्टीकी सेचतक शान्ता चौधरीले शिवमाया तुम्बाहाम्फेलाई सभामुख बनाउने पक्षामा उभिएकी छन्।
सभामुक चयनको बिषय देशकै ठुलो दल र बहुमतको सरकारलाई फलामको चिउरा भैरहेको बेला नेतृ चौधरीले तुम्बाहाम्फेलाई सभामुख बनाउँदा समाजमा राम्रो संदेश जाने बताएकी हुन् ।
थारु समुदायकी महत्वपूर्ण चाँड माघीको अवसरमा एक रेडियोसंग कुरा गर्दै शान्ता चौधरीले पढेलेखेको र काविल भएकोले तुम्बाहाम्फे पनि सभामुखको दाबेदार नै भएको बताएकी छन् ।
पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।
यस्तो छ धमलासंग गरेको कुराकानीको केहि सम्पादित अंश
सभामुख शिवमायालाई बनाउने कि सुवासचन्द्र नेम्वाङलाई ?
त्यो पार्टीले निर्णय गर्ने कुरा हो । म एउटा पार्टीको सदस्य मात्रै भएकाले यसलाई बनाउने, उसलाई बनाउन भन्न सक्दिनँ । पार्टीले निर्णय गरेको कुरामा कसैको दुईमत हुँदैन । शिवमाया पनि काविल महिला हो, उहाँ हुँदा पनि राम्रो सन्देश जान्थ्यो ।
संसद् अनिर्णयको बन्दी भयो भन्ने धेरैको भनाइ छ ?
यसलाई स्वाभाविक रुपमा लिएकी छु । संसद् अनिर्णयको बन्दी भएको यो आपैंmमा समस्या त हो । अब छिट्टै संसद् चल्छ सधैंभरि संसद् अरुद्ध हुँदा काम चल्दैन । अब माघ ६ संसद् चल्ने भनिएको त्यो दिनदेखि चल्ला ।
प्रधानमन्त्रीले मैले गरेका राम्रा कामका समाचार छापिएन भन्ने तर्क आएको तपाईंलाई के लाग्छ ?
प्रधानमन्त्रीले बोलेका कतिपय कुरा एकदमै ठीक छन् । हामी विकास हेर्न गाउँतिर आउनुपर्छ । शहरमा बसेर वास्तविकता देख्न सकिँदैन । विकास भएकै हो, हामी त्यसको प्रचार गर्न
नकेकै हो । अहिले म गाउँ–गाउँ घुम्छु, घुडाँघुडाँ हिलो हुने ठाउँमा पिच भएको छ ।
चारवटा घर भएको गाउँमा स्वास्थ्य चौंकी, स्कुल, पानी, बत्ती र बाटो पुगेको छ । हिजो महलमा बसेर दुःखानुभूति नगर्नेलाई त परिवर्तनको महसुस नहुने सक्छ । तर, जो हिजो दुःख, पीडा र अन्यायमा बाँचेको थियो उसले त यसको महसुस गर्न सक्छ । त्यस कारण देशैभर विकास, निमार्णका कामहरु धेरै भएका छन् । तर, हामीले विकास र राम्रा समाचार लेख्दैनौं सधैंभरि नेगेटिभ समाचार मात्रै प्रशारण तथा प्रकाशन गर्दछौं ।
त्यसैले काम गर्ने मान्छेको कुनै पार्टीप्रतिको पूर्वाग्रह नराखी राम्रोलाई र नराम्रो भन्न र लेख्न सक्नुपर्छ । जसरी सरकारले काम गरेको त्यो अनुसार मिडियामा आउन नसकेको पक्कै हो ।