तुम्बाहाम्फेलाई सांसदबाट नै हटाउने प्रचण्डको अभ्यास - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

तुम्बाहाम्फेलाई सांसदबाट नै हटाउने प्रचण्डको अभ्यास



काठमाडौं- सत्तारुढ नेकपा सचिवालयको निर्णयलाई चुनौती दिँदै उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिन अस्वीकार गरेपछि नेकपा भित्र सम्भावित अर्को कदमबारे छलफल सुरु भएको छ।

राष्ट्रपति र प्रधानमन्त्रीकै भरोसामा उपसभामुखले राजीनामा दिन अस्वीकार गरेको निष्कर्षमा पुगेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले विकल्पमाथि छलफल सुरु गरेका खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली उपसभामुख प्रकरणमा मौन बसेकाले समस्या जटिल बनेको अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालको बुझाई छ।

पहिलो विकल्पमा तुम्बाहाङफेबाहेकबाट उम्मेदवार बनाउने विकल्पमा प्रचण्ड र नेपालले छलफल सुरु गरेका छन्। सचिवालय सदस्यबाटै सभामुखको अर्को उम्मेदवार खोज्ने उनीहरुको कसरत छ।

दोस्रो विकल्पमा तुम्बाहाङफेको नाम समानुपातिक सूचीबाट हटाएर सांसद नै रहन नदिने विषयमा पनि प्रचण्ड र नेपालबीच छलफल सुरु भएको छ।

यस विषयमा आइतबारै उनीहरुले केही निकटस्थ कानुन व्यवसायीसँग गोप्य कुराकानी गरेको स्रोतले जनाएको छ।