वार्नर र फिन्चको शतक: भारतको लज्जास्पद हार - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

वार्नर र फिन्चको शतक: भारतको लज्जास्पद हार



एजेन्सी- एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले शानदार जित निकालेको छ । मंगलबार मुम्बईमा भएको पहिलो खेलमा घरेलु टिम भारतविरुद्ध अष्ट्रेलियाल १० विकेटको फराकिलो जित निकालेको हो ।

घरेलु टोली भारतले दिएको २५६ रनको लक्ष्य अष्ट्रेलियाले ३७ ओभर ४ बलमा बिना विकेटको क्षतिमा लक्ष्य पूरा गर्याे । अष्ट्रेलियालाई फराकिलो जित दिलाउन ओपनर डेभिड वार्नर र आरोन फिन्चले अविजित रहदै शतकीय पारी खेले ।

अष्ट्रेलियाका लागि वार्नरले अविजित १२८ रन जोडे भने फिन्चले अविजित ११० को योगदान गरे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४९ ओभर १ बलमा अलआउट हुँदै २५५ रनको लक्ष्य सुम्पेको थियो ।

भारतका लागि शिखर धवनले सर्वाधिक ७४ रनको अर्धशतकीय पारी खेले । यस्तै लोकेश राहुलले ४७ जोड्दा ऋषब पन्तले २८, रबिन्द्र जडेजाले २५, कुलदिप यादबले १७ तथा कप्तान विराट कोहलीले १६ रन बनाए ।

अष्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए । जितसँगै अष्ट्रेलियाले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।