पक्राउ परे सार्वजनिक बसमा हस्तमैथुन गर्ने युवा - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

पक्राउ परे सार्वजनिक बसमा हस्तमैथुन गर्ने युवा



काठमाडौं- सार्वजनिक बसमा अश्लिल हर्कत गर्ने युवक एक वर्षपछि पक्राउ परेका छन्।

एक वर्ष अघि सार्वजनिक बसमा हस्तमैधुन गरेको भिडियो सार्वजनिक भएको थियो। ति युवकले हस्तमैधुन गरेर अघिल्लो सिटमा बसेकी युवकको कपालमा फालेको भिडियोमा देखिएको थियो।

उनलाई कारबाहीको माग गरि प्रहरीमा उजुरी परेको थियो। त्यसपछि अनुसन्धान सुरू गरेको प्रहरीले बस पत्ता लगाएका थियो। तर, ति युवक भागेका थिए।

उनलाई सोमबार चितवनबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाले बताए।

प्रहरीले पक्राउ परेका युवकको नाम सार्वजनिक गरेको छैन। उनलाई महानगरीय अपराध महाशाखाको टोलीले नै पक्राउ गरेको हो। उनलाई काठमाडौं ल्याइएको छ।

यसबारे आज दिउसो पत्रकार सम्मेलन गरेर जानकारी दिइने महाशाखाले जनाएको छ। ति युवकले भिडियो अपलोड गरेको स्वीकारेको प्रहरीको भनाइ छ।