शिवमायाको शक्ति: पार्टीले चाहेर पनि हटाउन नसक्ने - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

शिवमायाको शक्ति: पार्टीले चाहेर पनि हटाउन नसक्ने



काठमाडौं- उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा नदिए पार्टीले चाहेर पनि पदबाट हटाउन वा थप कारबाही गर्न नसक्ने अवस्था देखिएको छ।

संवैधानिक र कानुनी रुपमा उनी बलियो अवस्थामा छिन्। यो खबर आजको कान्तिपुर दैनिकमा राजेश मिश्रले लेखेका छन्।

उनीमाथि दलको ह्वीप त लागू हुन सक्दैन नै, पदीय आचरणअनुकूल काम नगरेको महाअभियोगमा प्रस्ताव पेस गरिए त्यसलाई पारित गर्न पनि नेकपासँग दुई तिहाइ छैन।

नेकपाले राजीनामा गर्न दिएको निर्देशन उनले नमानेपछि उव्जिएको प्रश्न हो पार्टीले उनलाई कारबाही गर्न सक्छ? सांसद पदबाट निकाल्न सकछ? कानुनले भन्छ सक्दैन।

उपसभामुख भएपछि दलको साधारण सदस्य पनि नरहेकी उनीमाथि पार्टीले कारबाही गर्न सक्ने अवस्था छैन।

उनी सत्तारुढ दल नेकपाको समानुपातिक सांसद हुन्।