विश्वयुद्धका चार बम फेला: हजारौं मानिसले घर छाडे, निष्क्रिय पार्न सुरु - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

विश्वयुद्धका चार बम फेला: हजारौं मानिसले घर छाडे, निष्क्रिय पार्न सुरु



काठमाडौं- जर्मनीको पश्चिमी सहर डार्टमुन्डमा हजारौं मानिस आफ्नो घर छाडेर जान बाध्य भएका छन्। यहाँ दोस्रो विश्वयुद्धका चारवटा बम फेला परेका छन्।

यसलाई निष्क्रिय पार्ने तयारी सुरु गरिएको छ। प्रशासनले हालै मात्र दुई स्थानीय अस्पताल खाली गराएको छ। मानिसको बसोबासका लागि स्कुल खोलिएका छन्।

१४ हजार मानिसलाई उक्त क्षेत्र छाडेर सुरक्षित स्थानमा जानका लागि भनिएको छ। यो खबर एजेन्सीलाई उधृत गर्दै आजको कारोबार दैनिकले छापेको छ।

सहरको रेल्वे स्टेसन बन्द गरिएको थियो र आइतबार दिउँसोबाट सञ्चालन गरिएको छ। सबै रेलको बाटो परिवर्तन गरिएको छ। दोस्रो विश्वयुद्धको ७५ वर्षपछि जर्मनीमा लगातार बम फेला पर्न थालेका छन्।

यसलाई निष्क्रिय गर्न ठूलो संख्यामा स्थानीय मानिसलाई हटाउनुपर्ने गरेको छ।