समस्यै समस्यामा दीपिका पादुकोण - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

समस्यै समस्यामा दीपिका पादुकोण



काठमाडौं- बलिउड अभिनेत्री दीपिका पादुकोणलाई यतिबेला समस्याले घेरिरहेको छ।

जनवरी ७ मा जवाहरलाल नेहरू विश्वविद्यालयका आन्दोलनकारी घाइते विद्यार्थीलाई भेट्न पुगेपछि दीपिकाविरुद्ध सत्ता पक्ष र उसका कार्यकर्ता भड्केका हुन्।

भारतीय जनता पार्टीका प्रवक्ताले त दीपिकाको रिसमा उनी अभिनित फिल्म ‘छपाक’ नै बहिष्कार गर्ने अभियान चलाए।

विवादको भुमरीमा तानिएकी दीपिकालाई अर्काे झट्का तब लाग्यो जब रिलिजका दुई दिनमै ‘छपाक’ को अनलाइन पाइरेसी भयो। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

अहिले बलिउडकी पहिलो रोजाइकी अभिनेत्रीमा पर्ने दीपिका महँगो पारिश्रमिक लिनेमा पनि पर्छिन्।

यतिबेला दुई दर्जन विज्ञापनमा खेलिरहेकी दीपिकाले एउटै विज्ञापनबाट ८ देखि १० करोड भारुसम्म पारिश्रमिक लिने गर्छिन्।