चर्चकै पाष्टरले आफूसँग सम्पर्क गरे पाप मेटिने भन्दै निरन्तर बलात्कार गरेपछि... - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

चर्चकै पाष्टरले आफूसँग सम्पर्क गरे पाप मेटिने भन्दै निरन्तर बलात्कार गरेपछि…



काठमाडौं- आफूसँग यौन सम्पर्क गरे पाप नष्ट हुने भन्दै अनुयायीलाई नै बलात्कार गर्ने चर्चाका पाष्टर पक्राउ परेका छन् ।

ललितपुर कुसुन्तीस्थित आशा विश्वासी मण्डली चर्चका पाष्टर बिश्वास जोशी भन्ने ध्रुवबाबु जोशी जबरजस्ती करणी सम्बन्धी कसुरमा पक्राउ परेका हुन् ।

पीडित महिलाको लिखित जाहेरी आधारमा ललितपुर प्रहरीले सोमबार पाष्टर जोशीलाई नियन्त्रणमा लिएको बताएको छ ।

तीन महिनादेखि निरन्तर प्रलोभन र धम्की देखाउँदै महिलालाई बलात्कार गर्दै आएको महिलाले जानेकी छन् ।

प्रहरीमा पीडित महिलाले उजुरीमा लेखेकी छन् , ‘आफ्नो बाथ सम्बन्धी र शरिरको खुट्टाहरु काम्ने रोगहरु समेत भएकोले सो चर्चमा गए पश्चात् राम्रो हुन्छ भन्ने बिश्वास लागि आशा विश्वासी मण्डली चर्चमा प्रार्थना गर्न जाने सिलसिला सो चर्चका पास्टर भन्ने व्यक्तिले मलाई भेटी तिमीले नराम्रो काम गरेको कारण तिमीलाई यस्तो रोग लागेको हो।

सो पाप मेटाउनको लागी तिमीले म सँग शारिरीक सम्पर्क गर्नुपर्छ भनि म प्रार्थना बस्दा परमेश्वरले मलाई भन्नु भएको छ। त्यस्तैले तिमीले मसँग शारिरीक सम्पर्क गर्नुपर्छ र तिमीले गरेको पाप नास भएर जान्छ’

पीडित महिलाले आफूलाई ललाई फकाई बिश्वास दिलाई बिगत ३ महिनादेखि जबरजस्ती करणी गरेको जनाएकी छन् ।

‘पहिले पटक ललितपुर जिल्ला ललिपुर महानगरपालिका अन्तर्गत चापागाँउमोडको एक गेष्ट हाउसको कोठामा बोलाई मेरो ईच्छा विपरीत ढोका बन्द गरी निज पाष्टरले मलाई करणी गर्नुभयो ।

मैले तिमीलाई शारिरीक सम्पर्क गरेको कुरा कोही कसैलाई भनेमा मलाई परमेश्वरले दिएको शक्ती नास भएर जान्छ, तिमीले कसैलाई भनेमा तिमीलाई जे पनि गर्छु भनि धम्की दिई आएक,’ उजरीमा उल्लेख छ ।

दोस्रो पटक आफुले संचालन गरेको पसलमा आई जबरजस्ती करणी गरेको पीडितको भनाइ छ । अस्विकार गर्दा तिमीले मसँग पहिला पनि शारिरीक सम्पर्क गरी सकेका छौँ तिम्रो परिवार तथा साथीभाईलाई चर्चमा हल्ला गरी दिन्छु भनी डरत्रासमा पारी पुनः सोही पसलको कोठामा जबरजस्ती करणी गरेको उजरीमा भनिएको छ ।

अन्तिम पटक पुसको महिनाको पहिलो हप्तातिर सोही पसल कोठामा डर, त्रास र दवादमा पारी जबरजस्ती करणी गरेको पीडितको लिखित जाहेरी जनाइएको छ ।