माघी पर्वमा सुदूरपश्चिममा ३ दिन सार्वजनिक विदा - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

माघी पर्वमा सुदूरपश्चिममा ३ दिन सार्वजनिक विदा



कैलाली- थारु समुदायको पर्व माघीमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

थारु समुदायको माघी पर्वको अवसरमा एक दिन विदा दिने निर्णय गरेको हो।

सुदूरपश्चिमको तराईमा थारु समुदायले माघी मनाउने गरेका छन् भने पहाडी क्षेत्रमा माघे संक्रान्ति मनाइन्छ।

सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरेर माघ १ गते सार्वजनिक विदाको घोषणा गरेको हो।

थारु समुदायको बहुल क्षेत्र रहेको कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वको अवसरमा ३ दिन बिदा दिने निर्णय गरिसकेको छ।

गाउँपालिकाले माघ १, २ र ३ गते बिदा दिने निर्णय गरेको हो ।