८५ वर्षको उमेरमा टिभीमा देखिने रहर - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

८५ वर्षको उमेरमा टिभीमा देखिने रहर



काठमाडौं- मोहनविक्रम सिंह अर्थात् कमरेड एमबी सिंहको जीवनमा ‘ढिलो’ सँगको अनौठो संयोग छ।

उनको व्यक्तिगत र राजनीतिक जीवनमा ढिलो गरी धेरै निर्णय भए, तीमध्ये केही विवादित र केही अनौठा छन्।

ढिलो र सिंहको संयोगको पछिल्लो कडी मसालले हालै लिएको एउटा अनौठो निर्णयसँग जोडिन्छ, सिंहलाई टेलिभिजनको दृश्य समाचारमा देखिने गरी जान सक्ने।

कम्युनिष्ट आन्दोलनमा ६ दशक बिताएका सिंहबारे मसालको राष्ट्रिय परिषद्को बैठकले १८ पुसमा लिएका २२ मध्ये २१ औँ निर्णय यो छ।

यो निर्णय पनि फेसबुकमार्फत अर्धमूमिगत रुपमै सार्वजनिक गरिएको खबर आजको नयाँ पत्रिका दैनिकमा वीरेन्द्र ओलीले लेखेका छन्।

८५ वर्षमा उनलाई टिभीमा देखिने रहर लागेको छ, भलै यसलाई उनले पार्टी निर्णय भन्ने गरेका छन्।

नेकपामा एमसिसी संसद्बाट अनुमोदन गर्ने कि नगर्ने, सभामुख कसलाई बनाउने र उपसभामुखको राजीनामाको बहस छ।

कांग्रेसमा १४ औँ महाधिवेशनकेन्द्रित झगडा छ। तर, मसालले महामन्त्रीलाई टेलिभिजनमा देखाउन सक्ने निर्णय लिएर धरैलाई चकित तुल्याएको छ।