प्रहरी हबल्दारले गरे आत्महत्या: आफैले हाने कन्चटमा गोली - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

प्रहरी हबल्दारले गरे आत्महत्या: आफैले हाने कन्चटमा गोली



जाजरकोट- एक जना प्रहरी हबल्दारले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् ।

जाजरकोटमा आइतबार बिहान ७ बजेतिर उनले आफैँलाई गोली हानी आत्महत्या गरेको प्रमुख जिल्ला अधिकारीले जानेका छन् ।

बाजुरा जिल्ला स्थायी घर भएका प्रहरी हबल्दार भोजबहादुर कठायत चार महिनादेखि नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत थिए ।

घुमुवा प्रहरीको रुपमा कार्यरत ३५ वर्षीय कठायतले किन आत्महत्या गरे भन्नेबारे केही खुलेको छैन ।

घटनाबारे छानविन गर्न टोली परिचालन गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।