तीव्र गतिमा धुमकेतु पृथ्वीतर्फ आउँदै, ठोक्किए खतरनाक सुनामी - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

तीव्र गतिमा धुमकेतु पृथ्वीतर्फ आउँदै, ठोक्किए खतरनाक सुनामी



एजेन्सी- सन् २०२० को पहिलो चन्द्रग्रहण समाप्त भइसकेको छ । चन्द्रग्रहण सकिएलगत्तै ठूलो आकारको धुमकेतु तीव्र गतिमा पृथ्वीतर्फ आइरहेको वैज्ञानिकहरुले बताएका छन् ।

पृथ्वीतर्फ आइरहेको धुमकेतुको बारेमा अमेरिकी राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा)ले जानकारी दिएको हो ।

खगोलशास्त्रीहरुले धुमकेतु पृथ्वीसँग ठोक्किएमा ठूलो प्रलय आउने चिन्ता व्यक्त गरेका छन् ।

वैज्ञानिकका अनुसार उक्त धुमकेतुले जनवरी १२ मा पृथ्वीको नजिकैबाट पार गर्नेछ ।

नासाका अनुसार तेज रफ्तारमा आएको धुमकेतु पृथ्वीको कुनै पनि क्षेत्रमा ठोक्कियो भने समुन्द्री आधीसँगै प्रलय आउनेछ ।

अन्तरिक्ष वैज्ञानिकहरुले उक्त धुमकेतुको दिशाको विषयमा अध्ययन गरिरहेको जानकारी दिएका छन् । वैज्ञानिकका अनुसार धुमकेतु पृथ्वीको नजिकैबाट जाँदा कुनै पनि क्षति हुँदैन । नासाले अहिलेसम्मको जानकारी अनुसार धुमकेतु पृथ्वीको एकदमै नजिकबाट जानेछ ।

नासाले उक्त धुमकेतुको नाम २०२० एबी२ दिएको छ । नासाले उक्त धुमकेतुको बारेमा एस्टेरोइड ट्र्याकिङ सिस्टमको माध्यमबाट पत्ता लगाएको थियो ।

धुमकेतु पनि सोलार सिस्टमकै एक हिस्सा हो । यो ढुंङ्गा, धुलो, बरफ र स–साना टुक्राहरुबाट बनेको हुन्छ । ग्रहले जस्तै यसले पनि सूर्यको परिक्रमा गर्छ । धुमकेतुमा बरफ, कार्बनडाइअक्साइड, मिथेन, एमोनिया, सिलिकेट र कार्बनिकको मिश्रण रहेको हुन्छ ।

धुमकेतु २०२० एबी२:

आकारः ४९ फिट (१५ मिटर)
गतिः २८,४४० प्रतिघण्टा
पृथ्वीबाट दूरीः १६४५५७६ किलोमिटर टाढा
नोक्सानः पृथ्वीसँग ठोक्किएमा १८५ फिट उचाईमा सुनामी आउन सक्छ