तुम्बाहाङ्फेको अडानले गले ओली-प्रचण्ड: विकल्प निकाल्न बैठक - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

तुम्बाहाङ्फेको अडानले गले ओली-प्रचण्ड: विकल्प निकाल्न बैठक



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सभामुख छलफलमा जुटेका छन् ।

पार्टीले पदबाट राजीनामा दिन गरेको निर्देशन शिवमाया तुम्बाहाङ्फेले नमान्ने भएपछि ओली र प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा बसेका छन्।

उनको यो अडानपछि अब के गर्ने भन्नेमा ओली-प्रचण्ड छलफलमा बसेका हुन् । छलफल केहीबेर अगाडीबाट सुरु भएको बालुवाटार स्रोतले बताएको छ।

तुम्बाहाङ्फेले आफूलाई अहिलेसम्म पार्टीले राजीनामा दिन औपचारिक पत्र नपठाएको बताइरहेकी छिन् । उनलाई अध्यक्ष या महासचिवमार्फत पत्र पठाउने तयारी गरेपछि शिवमायाको नयाँ शर्त थपिएको छ।

पत्रमा नयाँ सभामुख पार्टीले यो ब्यीक्तलाई चयन गरेको छ, त्यसैले तपाईले राजीनामा दिनुहोस् भनेर उल्लेख गर्नुपर्ने अडान लिएकी छिन् । त्यसैगरी उनले आफूबाहेक अन्य व्यक्तिलाई सभामुखमा उम्मेदवार चयन गरिए आफूलाई हटाउनु पर्नाको कारण पनि पत्रमा उल्लेख गरिनुपर्ने अडान अगाडी सारेकी छिन्।

तुम्बाहाङ्फेले अन्यथा आइतबार दिउँसो १ बजेका लागि बोलाएको संसद बैठक आफैंले सञ्चालन गर्ने र पहिले तय भइसकेको सम्भावित कार्य सूचीमै रहेर प्रक्रिया अगाडी बढाउने चेतावनी दिइरहेकी छिन्।

उपसभामुखको अडान, नेकपाले सभामुख चयन गर्न गरेको ढिलाई लगायतले आजको संसद बैठक चल्ने नचल्ने अन्योल छ। ओली सकभर सुवास नेम्वाङ, नभएर तुम्बाहाङ्फेलाई नै सभामुख बनाउन पक्षमा छन् प्रचण्ड पूर्व माओवादीबाटै सभामुख बनाउनु पर्ने अडानमा छन् ।

पूर्वमाओवादीबाट अग्नि सापकोटा, पम्फा भुषाल लगायतको नाम सभामुखका लागि चर्चामा छन्।