कतार जानेभन्दा फर्कने कामदार बढी - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

कतार जानेभन्दा फर्कने कामदार बढी



काठमाडौं- विगत एक वर्षमा रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको तुलनामा स्वेदश फर्कनेको संख्या बढी रहेको देखएको छ।

कतार जाने भन्दा फर्कने नेपालीको संख्या बढी हुनु मानव संशाधन विकासका दृष्टिकोणले नेपाललाई फाइदा हुने भए पनि आगामी वर्षमा कतारबाट आउने रेमिट्यान्समा भने असर पर्ने खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

कतारमा हुने विश्वकप फुटबलका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेसँगै त्यहाँ कार्यरत अदक्ष कामदार नेपाल फर्कन थालेका हुन्।

कतारी सरकारले हालै सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो वर्ष कतारमा ४ लाख नेपाली कामदार थिए।

यस वर्ष ३ लाख ४१ हजार कामदार मात्रै कार्यरत रहेको कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले जानकारी दिए।

यद्यपी दक्ष प्राविधिकको माग भने धेरै रहेको दूतावासले जनाएको छ।