रेणु दाहालले गरिन प्रचण्डबारे गम्भीर खुलासा - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

रेणु दाहालले गरिन प्रचण्डबारे गम्भीर खुलासा



काठमाडौं- प्रचण्डपुत्री तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले नेकपा अध्यक्ष प्रचण्ड मुलुकको कार्यकारी अधिकारसहितको प्रमुख बन्नुपर्ने बताएकी छिन् ।

प्राईम टाईम्स टेलिभिजनबाट राती आठ बजे प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि कुरा गर्दै रेणुले यस्तो बताएकी हुन् ।

उनले विकास र समृद्धिको लागि प्रचण्डको गम्भिर अठोट रहेको भन्दै एकपटक कार्यकारी अधिकारीसहितको प्रधानमन्त्री वा राष्ट्रपति बन्नुपर्ने बताएकी हुन् ।

उनले प्रचण्डको तारिफ गर्दै उनी भीजनरी लिडर भएको र देशलाई सहि निकाश दिनसक्ने खुबी प्रचण्डमा मात्रै भएको पनि दाबी गरेकी छन् ।

प्रचण्डको बारे राखिएको जिज्ञासाको जवाफ दिंदै उनले प्रचण्ड विहान ४ बजे उठ्ने गरेको बताइन भने प्रचण्ड खान र लगाउन सौखिन भएको, देश बनाउने चिन्ता भएको अहिले विकास र समृद्धिको लागि दत्तचित्त भएर अघि बढिरहेको समेत बताइन ।

मेयर रेनुले देश र जनताको लागि प्रचण्ड दैनिक १८ घण्टा खटिरहेको र देशको बारेमा सबैभन्दा बढी चिन्ता गर्ने व्यक्ति प्रचण्ड नै भएको समेत दाबी गरेकी छन् । साथै उनले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अत्यन्तै सुमधुर सम्बन्ध रहेको बताएकी छन् ।

दाहालले आफू भरतपुरको मेयर भएपछि विकास र समृद्धिको लागि धेरै कामहरु अघि बढेको पनि विश्वास दिलाईन् । महानगरभित्र चार लेन र ६ लेनका सडकहरु बन्न थालेको पनि उनले सुनाईन् । उनले भनिन्,‘महानगर अहिले विकासको बाटोमा लम्किएको छ । मलाई सबैको साथ छ, कांग्रेसको पनि साथ छ ।’

फरक प्रसँगमा उनले धुर्मुश–सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम पनि सन्तोषजनक रहेको स्पष्ट पारिन् ।

उनले भनिन् ,‘धुर्मुश–सुन्तली फाउण्डेशनले राम्रै काम गरिरहेको छ । यदि उहाँहरुले बनाउन सक्नुभएन भने सरकारले आफैं बनाउँछ । उहाँहरुको कामप्रति मेरो असन्तुष्टि छैन् । उहाँहरुले प्रयास गरिरहनुभएको छ ।’

पछिल्लो समय पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच कुरा मिलेको पनि सुनाईन् । उनले भनिन्,‘उहाँहरुबीच अहिले कुनै विमती छैन् ।’

उनले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले सभामुख चयन प्रक्रियामा आफ्नो तर्फबाट मार्गप्रशस्त गर्नुपर्ने पनि धारणा राखिन् । ‘उहाँले पार्टीको निर्णय मान्नुपर्छ । सहमतिमा सभामुख बनाउने कुरा भएको छ, त्यसमा उहाँले पार्टी नेतृत्वलाई सघाउनुपर्छ ।’ उनले भनिन् ।